images
images

वेवारिसे शव व्यवस्थापनका लागि शुभारम्भलाई सामुदायिक बनले दाउरा सहयोग गर्ने

जन्ताभ्वाईस सम्बाददाता
२१ चैत्र , शनिबार
कटारी / कटारीमा वेवारिसे शवको दाहसंस्कार गर्न प्रारम्भ गरेको शुभारम्भ समाज नेपाललाई कटारीका सामुदायिक बनहरुले सघाउने भएका छन् । कटारी अस्पतालमा आउने बेवारिसे तथा विभिन्न ठाउँबाट आउने विभिन्न खाले घटनाहरुबाट मृत्यु भएकाहरुका लागि सदगद गर्नको लागि स्थानीय बन महासंघलमा आवद्ध १० सामुदायिब बनहरुले निशुल्क दाउरा उपलब्ध गराएर सघाउने भएका हुन् ।
आज कटारीमा आयोजित ६० वटा सामुदायिक वनहरुको समूह स्थानीय वन महासंघ कटारीको बैठकमा उपस्थित हुनु भएका १० ओटा सामुदायिक वनका पदाधिकारीबाट यस कार्यको लागि शुभारम्भ समाज नेपाल लाई निःशुल्क दाउरा उपलब्ध गराइदिने निर्णय गरेको समाजका उपाध्यक्ष राजु मगरले बताउनुभयो ।