images
images

६४ औं सहकारी दिवशमा कटारीका सहकारीहरुद्वारा दुधौलीका वालगृहका वालवालिकाहरुलाई सहयोग

जन्ताभ्वाईस सम्बाददाता
२१ चैत्र ,शनिबार

कटारी / जनमुखी कल्याणकारी नेपाल दुधौली सिन्धुलीद्वारा संञ्चालित दुधौली १० स्थित कमलाखोंज वालगृहका वालवालिकाहरुलाई कटारी स्थित सहकारी संस्थाहरुले स्टेशनरी तथा खेल सामाग्री लगायत नगद समेत सहयोग गरेको छ । हिजो ६४ औं सहकारी दिवशको अवसर पारेर कटारीका सहकारीहरुले वालगृहका वालवालिकाहरुलाई स्टेशनरीका साथै खेलकुदका पोशाक , फलफुल साथै नगद १८ हजार समेत सहयोग गरेको वालगृहका संञ्चालक जनमुखीका अध्यक्ष व्रह्मदेव दनुवारले बताउनुभयो ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका दिवशको अवसरमा कटारीका लाली गुरास साकोस ,अमर साकोस ,कुमारी साकोस ,जनहित साकोस ,उदयश्री साकोस ,हिमाली साकोस ,शुभकामना साकोस ,त्रीबेणी साकोस र नारी कल्याण साकोसले सहयोग प्रदान गरेको हो । सहकारीहरुका अध्यक्ष , शेयर सदस्य ,कर्मचारी लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।
हालसम्म आसपासका सहयोगीहरुको भरमै वालगृह संञ्चालनमा रहेको बताउँदै अध्यक्ष दनुवारले सहयोग गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । जनमुखीका सचिव गान्धीराज मगरका अनुसार बाढी पहिरो तथा विभिन्न कारणले असहाय अनाथ वालवालिकाहरुलाई गृहले गृहमा राखेर अध्ययन समेत गराईरहेको छ ।
२०७२ सालबाट संञ्चालित वालगृहमा दुधौली नगरपालिकाले भवन निर्माण सुरु गरेयता २५ लाख सहयोग गरेको छ । हाल वालगृहको भवन निर्माण समेत सुरु भईसकेको छ । वालगृहका लागि अध्यक्ष दनुवार स्वयंले आप्mनै जग्गा बेचेर गृह सुरु गर्नुभएको थियो । हाल दनुवारले दिनुभएको जग्गामा नै भवन निर्माण सुरु भएको हो ।
स्थानीयले दिने अन्नपात तरकारीको सहयोगको भरमा गृह संञ्चालनमा छ । जापानिज सहयोगी संस्था ओसाकाले सहयोग गर्दै आएकोमा हाल कोरोना संक्रमणपछी सहयोग निरन्तरता पाउन सकेको छैन् । स्थानीयले जन्मदिन , वार्षिकोत्सव लगायतका अवसरमा प्रदान गरेको सहयोगले वालगृह संञ्चालनमा छ ।