images
images

कटारीले महिलाको पाठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थ्य परिक्षण गर्दै

जन्ताभ्वाईस सम्बाददाता
१८ चैत्र, बुधबार , २०७७

कटारी /उदयपुरको कटारी नगरपालिकाले नगरपालिकाको सवै वडाका महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा आङ् खस्ने समस्याको परिक्षण सुरु गरेको छ । नगरपालिकाका उपमेयर भिमकुमारी राउतका अनुसार नगरका १४ वटै वडामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा आङ् खस्ने समस्या छ कि छैन र यसको व्यवस्थापन सम्बन्धि शिविर सम्पन्न गर्नेछ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी शिविरको सुरु गरिएको उपमेयर राउतको भनाई छ । शिविरमा स्वास्थ्य परिक्षण गर्न कटारी अस्पत्तालका मेडिकल सुपरिडेन्टेड डाक्टर राजकुमार गजमेरको नेतृत्वमा स्वास्थ्यकर्मी शिविरमा खटिएका छन् । परिक्षणबाट गम्भिर खालको अवस्थाका क्यान्सर तथा आङ् खस्ने समस्या देखिए नगरपालिकाले समन्वय गरी उपचारमा सघाउने पनि उपमेयर राउतले बताउनुभयो ।‘उनीहरुको अवस्था हेरेर उपचारमा सहयोग गर्नेछौं ’राउतले भन्नुभयो –‘पछिल्लो समय महिलाहरुलाई यो रोगले सताईरहेको छ ।’
पछिल्लो समय यस्ता समस्याले महिलाहरुलाई सताउन थालेको भन्दै उपमेयर राउतले स्वास्थ्यकर्मीको सल्लाहा सुझाव अनुसार महिलाहरुलाई सचेत हुन पनि आग्रह गरिन् । ।नगरपालिकाका उपमेयर राउत आपैm शिविरमा खटिनुभएको छ । मंगलबार १० नम्बर र बुधबार ९ नम्बर वडामा शिविर सम्पन्न भईसकेको छ ।