
जन्ताभ्वाईस सम्बाददाता
१८ चैत्र , बुधबार , २०७७
कटारी /उदयपुरको कटारी नगरपालिकाले वेराजगारहरुलाई रोजगार बनाउने उद्येश्यले ४५ दिने झोला बनाउने तालिमको आयोजना गर्ने भएको छ । नगरका १७ जनालाई तालिम दिईने जानकारी गराउँदै उपमेयर राउतले व्यवसाय गर्न ईच्छुक वेरोजगारहरुलाई प्राथमिकतमा राखेर तालिम दिईने बताउनुभयो । सिलाई सम्बन्धि सिप जानेका तर व्यवसाय गर्न नसकिरहेकाहरुलाई झोला बनाउने तालिम दिईने छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै तालिमका लागि आगामी वैशाख २ गतेसम्ममा आवेदन दिन आग्रह गरेको छ। सिलाई कटाई सम्बन्धि ३ महिने तालिम लिएकाहरुले तालिम लिन पाउनेछन् । २५ वर्ष पुरा गरी ४६ वर्ष ननाघेका एकल तथा विपन्न परिवारका महिलालाई पहिलो प्राथमिकतामा राखिनेछ ।तालिम वापत नगरपालिकाले दैनिक १ सय दरले खाजा खर्च पनि उपलब्ध गराउने भएको छ ।तालिम आगामी वैशाख ८ गतेबाट सुरु हुनेछ ।