images
images

कटारी नगरका सवै विद्यालय शुक्रबारसम्म बन्द गर्ने नगरपालिकाको निर्णय

जन्ताभ्वाईस सम्बाददाता
चैत्र १७ ,मंगलबार ,२०७७

कटारी / केन्द्र सरकारले गरेको निर्णय बमोजिम कटारी नगरपालिकाले पनि नगरका सवै विद्यालयहरु आगामी शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ । केन्द्र सरकारले बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु चार दिन बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै आजदेखि शुक्रबारसम्म सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर प्रसाद भट्टद्वारा हस्ताक्षरित सुचना जारी गर्दै नगरका सवै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्न जानकारी गराएको हो । आज नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले समसामयिक विषयमा समिक्षा गर्दै विद्यालयहरु वन्द गर्ने निर्णय गरेको हो ।