images
images

कटारी १० का अग्निपिडितलाई माओवादी केन्द्र कटारीको आर्थिक सहयोग

जन्ताभ्वाईस सम्बाददाता
१५ चैत्र , आईतबार

कटारी /उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर १० को पालसिङ्ग बरालथुम्काकामा भएको दुःखद आगलागी पिडितहरुलाई नेकपा माओवादी केन्द्रले आर्थिक सहयोग गरेको छ ।नेकपा माओवादी केन्द्र कटारीको पहलमा संविधान सभा सदस्य भेषकुमारी राउत नेता केपी बराल लगायतको उपस्थितिमा अग्निपिडितहरुलाई नगद ६२ हजार ५ सय १५ रकम सहयोग गरिएको हो ।
वाईसियल नेपाल कटारीको सहजिकरणमा उपलब्ध रकम पिडित मेघबहादुर थापालाई १८ हजार ,घमण्डबहादुर थापालाई १८ हजार र सुजन थापालाई २६ हजार ५ सय १५ रकम सहयोग गरिएको हो । गएको आईतबार साँझ आगलागीबाट ३ वर्षिय छोरा अर्बिन थापाको ज्यान समेत मुमाएका सुजन थापा , प्रकाश थापा र मेखबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो । प्रकाश थापाको परालको कुनिउबाट एक्कासी सल्केको आगोले स्थानीय सुजन थापाका ३ वर्षीय छोरा अरविन्द्रको ज्यान गएको थियो भने प्रकाश र सुजन थापाका घर तथा मतान जलेर खरानी भएको थियो ।