images
images

प्रदेश राज्यमन्त्री घलेलाई बाणिज्य संघको वधाई ः सिद्धिचरण राजमार्ग स्तरउन्नतीमा जोड दिन आग्रह

जन्ताभ्वाईस सम्बाददाता
१५ चैत्र , आईतबार

कटारी/ नवनियुक्त प्रदेश एक सरकारका भूमी व्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री कला घलेलाई उदयपुर उद्योग वाणिज्य संघ कटारीले बधाई दिएको छ । आज होली पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रको समेत आयोजना गर्दै संघले प्रदेश सरकारको राज्यमन्त्री नियुक्ती भएको भन्दै बधाई दिएको संघका अध्यक्ष पुष्कर खड्काले बताउनुभयो ।
मन्त्री नियुक्त भएसँगै यस क्षेत्रको व्यापारीहरुको मूख्य समस्या सिद्धिचरण राजमार्गको मिर्चैया कटारी घुर्मी सडक स्तरउन्नतीमा जोड दिन संघले आग्रह गरेको पनि अध्यक्ष खड्काले बताउनुभयो । त्यसैगरी मन्त्री घलेले आफुले संसद मात्रै हुँदा पनि अनसन समेत बस्न तयारी भएको स्मरण गराउँदै यस सडक स्तरउन्नतीका लागि विशेष पहल गर्ने बताउनुभयो ।
संघले मन्त्रीभएसँगै राजनीतिक दलभन्दा माथि उठेर सेवा गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो । कटारी स्थायी घर भएकी घले गत ०७४ मंसिर २० गतेको प्रदेश निर्वाचनमा प्रत्यक्ष्यतर्फ उदयपुर प्रदेश २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।