जन्ताभ्वाईस सम्बाददाता
१४ चैत्र,शनिबार , २०७७
कटारी / नवनियुक्त प्रदेश एक सरकारका भूमी व्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री कला घलेलाई नेकपा एमाले नगर कमिटी कटारीले आज कटारीमा स्वगत गर्दै बधाई दिएको छ । कटारीकी घलेले कटारी क्षेत्रबाट राजनीति गर्दै प्रदेश सरकारको राज्यमन्त्री नियुक्ती भएको भन्दै कमिटीले बधाई दिएको हो । एक कार्यक्रमका बीच मन्त्री घलेलाई बधाई तथा शुभकामना व्यक्य गरिएको कमिटीका अध्यक्ष कृष्णराज दनुवारले बताउनुभयो ।
बधाई ग्रहण गर्दै घलेले यस क्षेत्रबाट मन्त्री नभएको र जिल्लामा अन्यत्रबाट भएका मन्त्रीहरुले पनि यस क्षेत्रलाई उपेक्षा गर्ने गरेकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्री घलेले प्रतिवद्धता जनाउनुभएको पनि अध्यक्ष दनुवारले बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र श्रेष्ठ , प्रदेश सदस्य भिमकुमारी राउत लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कटारी स्थायी घर भएकी घले गत ०७४ मंसिर २० गतेको प्रदेश निर्वाचनमा प्रत्यक्ष्यतर्फ उदयपुर प्रदेश २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।