images
images

तेस्रो कटारी मेयर कप फुटबलको उपाधि कटारी ३ को कब्जामा

जन्ताभ्वाईस सम्बाददाता
१४ चैत्र , शनिबार , २०७७

कटारी /उदयपुरको कटारीमा हिजो सम्पन्न तेस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि कटारी , ३ ले हात पारेको छ । दोस्रो मेयर कपको विजेता समेत रहेको कटारी ३ ले फाईनलमा कटारी ५ लाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै कटारी ३ ले लाभकर सहित नगद ७६ हजार २ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्र हात पारेको छ । त्यसैगरी उपविजेता कटारी ५ ले लाभकर सहित नगद ३८ हजार ७ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कटारी ५ का सागर राई , उदयमान खेलाडी कटारी ३ सुरेन धामी , उत्कृष्ट डिफेन्डर कटारी ३ का गोपाल लिम्बु सर्वोत्कृष्ट गोलकर्ता कटारी ३ का प्रताप राई , म्यान अफ द म्याच कटारी ३ कै प्रशिल कार्की र उत्कृष्ट गोल रक्षक कटारी ३ कै रोशन राना घोषित भए । प्रतिष्पर्धात्मक फाईनल खेलमा कटारी ३ का प्रशिल कार्कीले सुन्दर हेड मार्पmत गोल गरी टिमलाई विजयी बनाएका थिए । पुरस्कृट टिमलाई प्रमुख अतिथि कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले नगद सहितका पुरस्कार प्रदान गर्नुभयो । साथी समूहको आयोजनामा सम्पन्न प्रतियोगिताको नगरपालिकाले प्रायोजन गरेको थियो ।
प्रतियोगितामा नगरका १३ वडाका टिमले सहभागीता जनाएका थिए । समापनमा वोल्दै प्रमुख अतिथि मेयर श्रेष्ठले फुटबलका राष्ट्रिय खेलाडी हिरा भुजेल , कराँतेका अनुपमा मगर जस्ता अन्र्तराष्ट्रिय क्षेत्रमा कहलिएका नगरका खेलाडीलाई नगरको सदभावना दुत नियुक्त गर्ने घोषणा गर्नुभएको थियो । त्यसैगरी कटारीमा खेलकुदका लागि संरचना निर्माण गर्ने पनि बताउनुभयो ।टाईगर फिल्ड भूमाफियाबाट बचाउने दिपक राई जस्ता खेलकालागि कटारीका युवाहरुलाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा उपमेयर भिमकुमारी राउतले जहिले पनि नगरले खेललाई प्राथमिकतामा राखेको बताउनुभयो । एन्फालका प्रवक्ता किरण राईले कटारी नगर फुटबलका लागि उर्बर भूमि रहेको बताउनुभयो ।