images
images

कटारीकी कला घले प्रदेश १ मा राज्यमन्त्री नियुक्त

जन्ताभ्वाईस सम्बाददाता
चैत १४ , शनिबार , २०७७

कटारी / उदयपुर कटारीकी प्रदेश सांसद कला घले प्रदेश १ को राज्यमन्त्री नियुक्त हुनुभएको छ। कटारी स्थायी घर भएकी घले गत ०७४ मंसिर २० गतेको प्रदेश निर्वाचनमा प्रत्यक्ष्यतर्फ उदयपुर प्रदेश २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।हिजो विस्तारित प्रदेश मन्त्रिपरिषदमा घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।
उहाँसँगै रिक्त आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबोहाङलाई बनाइएको छ । सामाजिक विकास मन्त्रीको जिम्मा खोटाङबाट निर्वाचित सांसद उषाकला राईलाई दिइएको छ । मुख्यमन्त्री शेरधन राईले विस्तारित मन्त्रिपरिषद्मा यसअघिका राज्यमन्त्री रामबहादुर मगर र अम्बिरबाबु गुरुङलाई मन्त्रीमा बढुवा गर्नुभएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझालाई ल्याइएको छ । मुख्यमन्त्री राईले यसअघिको सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी ९ सदस्यीय बनाउनुभएको छ ।संसद विघटनलगत्तै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबुहाङलाई पदच्युत गरिएको थियो भने त्यसको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका थिए । विस्तारित मन्त्रीहरुले हिजो नै सपथ लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले सपथ खुवाउनुभएको हो ।