धर्म खनाल
१३ चैत्र , शुक्रबार
कटारी /उदयपुरको कटारी ,१० का आगलागी पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वडाको सोरुङ्गका पालसिङ्ग बरालथुम्काकामा भएको आगलागी पिडितहरुलाई वडाकै नेकपा निकट राजनीतिकर्मीहरु वाम गबन्धनको समूहले नगद १५ हजार आर्थिक सहयोग गरेका हुन् । त्यसैगरी नबजागरण युवा क्लबले ११ हजार ४ सय आर्थिक सहयोग गरेको छ ।
गएको आईतबार साँझ भएको आगलागीमा सुजन थापाको ३ वर्षिय छोरा अर्विन थापाको जलेर मृत्यु भएको थियो । आईतबार साँझ आगलागीबाट ३ वर्षिय छोरा अर्बिन थापाको ज्यान समेत मुमाएका सुजन थापा , घरबार गुमाएका प्रकाश थापा र मेखबहादुर थापाको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।