![](https://i0.wp.com/jantavoice.com/wp-content/uploads/2021/03/Anupama-magar.jpg?fit=480%2C480&ssl=1)
जन्ताभ्वाईस सम्बाददाता
१२ चैत्र , बिहिबार
कटारी /१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कराँते तर्पm स्वर्ण पदक विजेता कटारी , ११ का अनुपमा मगरलाई कटारी नगरपालिकाले नगद १ लाख ३० हजार प्रदान गरेको छ । नगरपालिकाले खेलकुदको माध्यमबाट अन्र्तराष्ट्रिस्तरमा समेत पहिचान बनाएका गृह नगर कटारीका खेलाडी मगरलाई स्वर्ण पदक विजेता भएलगत्तै घोषणा गरेको रकम प्रदान गरेको हो ।
नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले नगरबाट सागमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण विजेता भएसँगै मगरलाई रकम उपलब्ध गराएर नगरका खेलाडीलाई प्रोत्साहन गर्ने बताएका थिए । ‘नगरको नाम राख्ने खेलाडीहरुलाई जहिले नगरले सम्मान गर्छ ।’मेयर श्रेष्ठले भने –‘अनुपमा नगरको मात्रै होईन राष्ट्रकै नाम राख्न सफल नगरका खेलाडी हुन् ।’खेलाडीहरुलाई थप हौसला र प्रोत्साहन मिलोस भनेर अनुपमालाई रकम उपलब्ध गराउने निर्णय गरेको मेयर श्रेष्ठले बताए ।
१३ औं सागमा अनुपमाले पहिलो पटक दक्षिण एसियाली खेल प्रतियोगिताबाट नेपालको लागि स्वर्ण पदक जित्न सफल भएकी थिईन् । ६८ केजी माथि कराँते तर्फ पाकिस्तानी खेलाडी नागरिसलाई ६–२ को स्कोरमा हराएपछि अनुपमा शिर्ष स्थानमा पुग्दै स्वर्ण पदक दिलाउन सफल भएकी थिईन् ।
खेलाडीका लागि सम्मान स्वरुप नगद समेत प्रदान गरेपछी थप जिम्मेवारी वढ्नुका साथै हौसला प्राप्त भएको अनुपमाले प्रतिकृया दिईन् । गृह नगर कटारीले गरेको नगद सहितको प्रोत्साहनले निकै खुसी लागेको उनले बताईन् ।