जन्ताभ्वाईस सम्बाददाता
१० चैत्र , मंगलबार , २०७७
कटारी/ कटारीमा वेवारिसे बनेको एउटा शवलाई शुभारम्भ समाज नेपालले सोमबार हिजो सदगद दाहसंस्कार गरेको छ । कटारी , ४ मा वस्दै आएका ४३ वर्षिय केशव खनालको शवको दाह संस्कार गर्ने कोही नभेटिएपछी समाजले नगरपालिका ,ईलाका प्रहरी कार्यालयसँग सहकार्य गरी दाहसंस्कार गरेको हो।
सामाजिक कार्य गर्ने उद्येश्यले स्थापित समाजले आवश्यक प्रकृया पुरा गरी समाजका अध्यक्ष सविता मगरले दागबत्ती दिएर दाहसंस्कार गरिएको हो । खनालको शव वुभ्mने र दाहसंस्कार नभेटिएपछी समाजले दाहसंस्कार गरेको हो । खनाल कटारीमा आर्ट गर्ने काम गर्दै आएका थिए ।


जनता भ्वाइस 







