images
images

सोरुङ्गका आगलागी पिडितहरुलाई राहत वितरण

 जन्ताभ्वाईस सम्बाददाता
१० चैत्र , मंगलबार , २०७७

कटारी /उदयपुरको कटारी नगरपालिकाको उत्तरी पहाडी वडा १० नम्बरमा पर्ने पालसिङ्ग बरालथुम्काका ३ घर आगलागी पिडितलाई सोमबार राहत वितरण गरिएको छ । आईतबार साँझ आगलागीबाट ३ वर्षिय छोरा अर्बिन थापाको ज्यान समेत मुमाएका सुजन थापा , प्रकाश थापा र मेखबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो ।
सोमबार कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतले घटनास्थलमै पुगेर ३ परिवारलाई दैनिक उपभोग्य सामाग्री , लत्ता कपडा , चप्पल प्रदान गर्नुभयो । त्यसैगरी कटारीकै समाजसेवी तथा राजनीतिकर्मी कृष्ण थापाको पहलमा दैनिक उपभोग्य सामाग्री , लत्ता कपडा वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटीले पनि भाँडाकुँडा लगायतका आवश्यक सामाग्री प्रदान गरेको थियो । त्यसैगरी शुभारम्भ समाज नेपालले पनि विभिन्न सामाग्रीहरु पिडित परिवारलाई नै वितरण गरेको थियो ।
प्रकाश थापाको परालको कुनिउबाट आईतबार साँझ एक्कासी सल्केको आगोले स्थानीय सुजन थापाका ३ वर्षीय छोरा अरविन्द्रको ज्यान गएको थियो भने प्रकाश र सुजन थापाका घर तथा मतान जलेर खरानी भएको छ । आगलागीबाट प्रकाश थापाको ढुंगामाटोले बनेको फुसको छाना भएको ३ तले एउटा घर, २ मतान र १ लाख ५० हजार नगदसमेत जलेर नष्ट भएको थियो ।
त्यस्तै २ तोला सुन, १५ तोला चाँदी, अन्नपात, लत्तापकडा, भाँडाबर्तन र २ वटा बाख्रा पाठा तथा एउटा भैंसीको पाडा जलेको छ । प्रकाश थापाको मात्र २८ लाख बराबरको धनमाल आगोले खाएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सुजन थापाको पनि ढुंगामाटोले बनेको फुसको छानाको २ तले घर, एउटा मतान, बाख्रा खोर र २ वटा पाठा, अन्न्।पात, लत्ताकपडा, भाँडाबर्तन र १ लाख ५० हजार नगद जलेको छ ।
उहाँको पनि ३० लाख बराबरको क्षति भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।त्यसैगरी अर्का छिमेकी मेखबहादुर थापाको पनि ढुंगामाटोकै २ तले घर र एउटा मतान जल्दा अन्नपात, लत्ताकपडा, भाँडाबर्तन बाख्राका पाठा ३, कुखुरा २५ वटा गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पहाडको ठाउँमा चल्ने हावा र पानी अभावका कारण आगो नियन्त्रण गर्न नसक्दा ३ घरपरिवारको सम्पूर्ण जायजेथा जलेको स्थानीयले बताएका छन् ।