जन्ताभ्वाईस सम्बाददाता
९ चैत्र , सोमबार २०७७
कटारी / उदयपुरको कटारी नगरपालिकाले कोरोना विरुद्धको खोप नलगाए सामाजिक सुरक्षा भत्ता नपाईने हल्ला निराधार रहेको जनाएको छ । नगरपालिकामा कोरोनाको खोप नलगाए भत्ता नपाईने हल्ला जेष्ठ नागरिकहरुमा परिरहेका बेला नगरपालिकाका जनस्वास्थ्य अधिकृत शुरेस दाहालले ईच्छा अनुसार मात्रै लगाईएको र उक्त हल्ला निराधार भएको बताए ।कसैले वञ्चित नगरी खोप लगाईएकोले लगाउन आग्रह गरेपनि अनिवार्य भने नगरेको दाहालको भनाई छ । ‘ईच्छा अनुसार लगाउने हो हामीले अनिवार्य नै भनेको थिएनौं ।’
नगरलले खोप नलगाए भत्ता नदिने हल्ला सुनेपछी चिन्ता बढेको जेष्ठ नागरिकहरुले बताएका थिए । ‘खोप नलगाए भत्ता नदिने भन्ने हल्ला सुनेर चिन्ता लागेको छ ।’कटारी ,३ का जेष्ठ नागरिक रामबहादुर माझीले भने–‘घरमै वस्ने कतै हिंडडुल नगरी गाउँघरमा वस्नेले किन लगाउनु प¥यो ’माझीले थपे –‘झन खोपले ज्वरो आउँछ रे हामी त्यसै विरामी नै छौं ।’धेरैले उक्त हल्लाकै
नगरपालिकामा चैत्र १ गतेदेखि ५ गतेसम्मको खोप अभियानमा नगरका २ हजार ८७ जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार नगर भित्रका साविकको खोप केन्द्रहरुबाट खोप लगाईएको हो । नगरपालिकाका १४ वटै वडाका सामाजिक सुरक्षा भत्ता लिंदै आएका ७० वर्ष माथिका जेष्ठ नागरिकहरु २ हजार ३ सय ५८ रहेको नगरपालिकाले जनाएको छ ।