images
images

दुधौलीमा बशिष्ठ राउतहरुको प्रथम भेला सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
चैत्र ९ , सोमबार

सिन्धुली / दुधौलीमा हिजो सिन्धुली जिल्ला बशिष्ठ राउतहरुको प्रथम भेला सम्पन्न भएको छ।देश भरी छरिएर रहेका राउतबन्धु हरु संगठित गर्ने उदेश्यले प्रथम भेला सम्पन्न भएको हो।उक्त भेलाले ११ सदस्यीय सिन्धुली जिल्ला समिती समेत गठन गरेको छ।अध्यक्षमा कमल कुमार राउत सर्बसम्मतले चयन हुनु भएको छ।उपाध्यक्षमा ऐन बहादुर राउत,तिलक बहादुर राउत सचिब,इन्द्र बहादुर राउत कोषाध्यक्ष मा सर्बसम्मत चयन भएका छन।
त्यस्तै सद्स्यहरुमा राम बहादुर राउत,गणेश बहादुर राउत,सुरेश राम राउत,जय बहादुर राउत,शान्ति बहादुर राउत,गमल बहादुर राउत र तारा राउत चयन भएका छन। क्षेत्रीय राउत समाजका केन्द्रीय अध्यक्ष ई. भगवान राउतको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा बिशिस्ट अतिथीमा दुधौली नगरपालिका मेयर घनश्याम राउत,केन्द्रिय उपाध्यक्ष लगायत सिन्धुली जिल्ला भरीका राउतहरुको बाक्लो उपस्थिति थियो।देश भरी भएका राउतहरु एकै गोत्र भएकाले कहिकतै हाम्रै रगत बगेको हुनाले हरेक तह तप्का बाट कोहि पनि राउतलाई दुख पर्दा साथ सहयोग गर्नु पर्ने र एक ढिक्का भएर अगि बढ्नु पर्ने मेयर घनश्याम राउतले बताउनु भयो।
त्यस्तै प्रमुख अतिथी केन्द्रीय अध्यक्ष ई. भगवान राउतले भेलामा बोल्दै सम्पुर्ण राउत एक भएर अगि बढ्न र सकेको समाज सेवा गर्न हाम्रो समाजको उदेश्य रहेको बताउनु भयो।दुधौली नपा वडा नं २ का वडाध्य्क्ष रितेश राउतले स्वागत मनतब्य दिदै अबका दिनमा सबै राउत बन्धुहरु लाई दुख परेको बेला सकेको सहयोग गरि अगि बढ्नु पर्ने उदेश्यले सिन्धुली मा पनि सिन्धुली जिल्ला समिती गठन गरिएको बताउनु भयो।उक्त भेलामा उपस्थित अतिथीले आफ्नो आफ्नो धारणा राखेका थिए।