जन्ताभ्वाइस सम्बाददाता
९ चैत्र ,सोमबार
कटारी /उदयपुरको कटारी नगरपालिकामा आइतबार साँझ भएको आगलागीमा परी एक बालक ज्यान गएको छ । कटारी नगरपालिका वडा नं. १० मा साँझ ४ बजे पालसिङ्गको बरालथुम्कामा आगलागीमा परि सुजन थापाको ३ वर्षिय छोरा अर्विन थापाको आगोमा जलेर ज्यान गएको हो ।
घरमा केटाकेटी बाहेक अरु कोही नभएको बेला अचानक प्रकाश थापाको घर नजिकबाट शुरु भएको आगोले तीन दाजुभाईको घर, गोठ जलेर पूर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो । आगलागीमा परि प्रकाश थापा, सुजन थापा, महेश्वर थापाको घर , गोठ जल्दा तीनै दाजुभाईको कुखुरा करिव ९० वटा, पाठा २ वटा, भैंसी एक वटा जलेको स्थानीयले बताएका छन् ।
यस्तै नगद, सुनचाँदी, गरगहना समेत जलेर नष्ट हुँदा करिब ९० लाखको क्षतिको अनुमान गरिएपनि थप बिवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।करिव दिउँसो ४ बजेबाट शुरु भएको सवै पूर्णमा जलिसकेपछी साँझ ७ बजे नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि स्थानीय, सोरुङ्गछविसे र बेतिनीको प्रहरी टोली परिचलन गरिएको थियो । यस्तै इलाका प्रहरी कार्यालय कटारीबाट थप प्रहरी परिचालन गरिएको थियो


जनता भ्वाइस 







