images
images

कटारी– मरुवा सडकखण्ड कालोपत्रे सुरु

जन्ताभ्वाईस सम्बाददाता
६ चैत्र ,शुक्रबार

कटारी/ उदयपुरको कटारी नगरपालिका स्थित सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्डको कटारी देखी मरुवा सम्म कालोपत्रेको काम सुरु भएको छ । प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ को लागतमा कालोपत्रेको काम थालिएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम गरिरहेको छ ।
२०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदार कम्पनीले ३२ सय मिटरमा कालोपत्रे काम सम्पन्न गरिने जनाएको छ । समयमा काम नहुँदा रकम समेत फ्रीज भएको थियो बजेट फ्रीज भए संगै स्थानीयले सडक नबन्ने भएपछि केहि दिन अघि बिरोध समेत गरेका थिए । बजेट फ्रीज भए पछि प्रदेश सरकार सँग कटारी–मरुवा सडक खण्ड कुनै पनि हालतमा बन्नु पर्ने भन्दै आफु डेलिकेसन गएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।