images
images

देवी मावि भूल्केमा लागुऔषध नियन्त्रण सम्बन्धि नाटक मञ्चन

जन्ताभ्वाईस सम्बाददाता
६ चैत्र , शुक्रबार , २०७७
कटारी /उदयपुरको कटारी ५ स्थित देवी मावि भूल्केमा लागुऔषध नियन्त्रण सम्बन्धि सडक नाटक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आज समग्र ५ नम्बर वडा युनियनको आयोजनामा विद्यालयक परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक सुमित्रा दाहालको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी अभिभावक तथा विद्यार्थीहरुलाई जनचेतनामुलक शन्देश पैmलाउने नाटक साथै साँस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रममा युनियनका कलाकारहरुले नाटक मार्पmत लागुऔषध दुव्र्यसनी कसरी पैmलिरहेको छ र यसका नियन्त्रण सम्बन्धि प्रस्तुती दिएका थिए ।
कलाकारहरुले गायन , नृत्य मार्पmत भरपुर मनोरञ्जन समेत दिलाएका थिए ।युनियनका संयोजक सुरज विश्वकर्माले वडाको तीन स्थानमा सम्पन्न गर्नेगरी सुरु गरिएको कार्यक्रम अन्र्तगत आज दोस्रो कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।आजको कार्यक्रमका लागि दिराना सप्लायर्स कटारीले आर्थिक सहयोग गरेको थियो । यस अघि भवरी देवी आधारभुत विद्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।