जन्ताभ्वाईस सम्बाददाता
४ चैत्र , बुधबार , २०७७
कटारी /उदयपुरको प्रदेश निर्वाचन क्षेत्र उदयपुर ‘ख’मा १ सय ८७ दलित घरपरिवारले जनता आवास कार्यक्रम अन्र्तगत नयाँ घर पाउने भएका छन् । प्रदेश नम्बर १ शहरी विकास भवन कार्यालयको जनता आवास कार्यक्रम अन्तर्गत यस आर्थिक वर्ष भित्रमा उनीहरुले नयाँ घर पाउने भएका हुन् ।
बुधबार कटारी नगरपालिकाको ४ नम्बर वडामा कार्यक्रमको शिलान्यास गर्दै प्रदेश सभा सदस्य तथा जनता आवास कार्यक्रमका संयोजक कला घलेले निर्वाचन क्षेत्रभरी घर निर्माणको काम सुरु भएको बताईन् । कटारी , ४ मा २१ घर निर्माणको सुरुवात गरिएको नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष कृष्णराज दनुवारले बताए ।
घर निर्माणका लागि वडामा काम सुरु भएको दलित संघ वडा नम्बर ४ का अध्यक्ष राजन परियारले बताए । प्रतिघर ३ लाख ३६ हजारका दरले प्रदेशबाट अनुदान पाउने प्रदेश सभा सदस्य घलेले बताईन् । घलेका अनुसार निर्वाचन क्षेत्र भरी यस वर्ष १ सय ८७ घर निर्माणका लागि ६ करोड २८ लाख ३२ हजार प्रदेश नम्बर १ सरकारले उपलब्ध गराउने छ ।
घर निर्माण कार्य उपभोक्ता समिति मार्पmत हुनेछ । यस अघि पनि जनता आवास कार्यक्रम अन्र्तगत कटारी ३ मा ५ वटा घर निर्माण गरिएको पनि घलेले बताईन् । यस अघिका जनता आवास कार्यक्रममा बनेका घरहरुको सवै किस्ता रकम उपलब्ध गराईसकिएको पनि घलेले बताईन् ।


जनता भ्वाइस 








