जन्ताभ्वाईस सम्बाददाता
४ चैत्र , बुधबार , २०७७
कटारी / २ वर्ष अघिसम्म स्थानीय उपभोक्ताहरुको अतिक्रमणमा परेको कटारी नगरपालिका , ५ सिसाघारीको खुल्ला जग्गा र चउर अहिले लोभलाग्दो पर्यटकिय क्षेत्र बनेको छ । सिसाघारी सामुदायिक बन उपभोक्ता समूहको उक्त क्षेत्र पर्यटकिय गन्तब्यको रुपमा उक्त सिमसार परिचित हुँदै गएको छ ।
२०७५ सालमा सहयोगी हातहरुको समूह सहास नेपाल कटारीले झापाको कन्काई नगरपालिका स्थित जामुख खाडी सिमसार भ्रमणमा लगेपछी कटारीमा पनि सिमसार बनाउन सकिने भन्दै उपभोक्ता समिति कसिएको थियो । ‘जामुनखाडीको सिमसार देखेपछी त्यस्तै बनाउने सम्भावना छ भन्ने लागेर थालेका थियौं ’समितिका अध्यक्ष दिलबहादुर अधिकारीले भन्छन् ।
सामुदायिक बन उपभोक्ता समूहले जनश्रमदान सहित १ लाख ५० हजारको लागतमा उपभोक्ताहरुले अतिक्रमण गरेको क्षेत्रलाई नियन्त्रणमा लिएर सिमसार क्षेत्र बनाउन सुरु गरेका थिए ।तर सानो थालेको काम ठुलो हुँदै गयो समूहको जनश्रमदानले मात्रै सिमसार निर्माण र विस्तार सम्भव भएन् ।
उपभोक्ताहरुले सिमसार निर्माणको काम त थाले बजेट अभाव भयो ।त्यसपछी उनीहरु कटारी नगरपालिकाको ढोका ढक्काउन पुगे । ‘नगरपालिका गयौं योजना सुनायौं र माग राख्यौं ।’समूहका अध्यक्ष अधिकारीले भने –‘नगरपालिकाले तुरुन्त ५ लाख सिमसारका लागि दिएपछी काम अघि बढ्यो ।’
उपभोक्ताहरुको कार्य प्रारम्भसँगै सिमसारको विकासका लागि तत्काल कटारी नगरपालिकाले ५ लाख सहयोग गरेपछी थप कार्य प्रारम्भ भएको थियो । नगरको सहयोगपछी सिमसारमा डिभिजन बन कार्यालयको ध्यान तानियो ।
लगत्तै डिजिजन बन कार्यालयले पर्यापर्यटन कार्यक्रम अन्र्तगत १० लाख सहयोग गरेपछी सिमसार क्षेत्रमा २ थान बोर्ड राखियो साथै बेन्च , सिंढी निर्माण भए , त्यसैगरी ४ लाखमा आउटलेट पनि निर्माण गरियो ।
अहिले ५० लाखको काम थालिएको समूहका अध्यक्ष दिलबहादुर अघिकारी बताउँछन् । जसमा प्रदेश १ सरकारको २५ लाख र कटारी नगरपालिकाको २५ लाख रहेको छ । जुन बजेटले बनभोजस्थल , वालवालिका पार्क , मन्दीर निर्माण , बेराघेरा , पालेघर , टिकटघर , प्रवेशद्वार बनाउने योजना रहेको छ ।
सिमसारलाई पर्यटकिय क्षेत्र निर्माणका लागि समूहले २०७६ साल फागुनमा महापुराण समेत लगाएको थियो । पुराणमा कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले २५ लाख सिमसारलाई दिने घोषणा गरेका थिए । सोही मेयर श्रेष्ठले बचन दिएको २५ लाख र प्रदेशको गरी ५०लाखको काम सुरु भएको समितिले जनाएको छ । उक्त २५ लाख सहित पुराणमा जम्मा ७२ लाख जम्मा भएको थियो ।
उक्त रकम मध्ये १२ लाखले सिमसारको ताल विस्तार गरिएको थियो । अहिले सिमसार घुम्न दैनिक एकसयको हाराहारीमा पर्यटक आउने गरेको सिमसार हेरालु ताराबहादुर राउतले बताए । ‘शनिबार तथा सार्वजनिक विदामा झनै धेरै मानिसहरु घुम्न आउँछन् ।’उनले भने –‘सिमसार घुम्न आउने फोटो खिच्ने बोटिङ्ग गर्नेको संख्या बढ्दै गएको छ । ’ सिमसारमा अहिले उदयपुर , ओखलढुंगा लगायत प्रदेश नम्बर २ बाट समेत पर्यटकहरु आउने गरेका छन् ।आप्mनै पहलमा अतिक्रमणमा पर्दै गएको क्षेत्रमा छोटो समयमै पर्यटकिय गन्तब्य बनाउन सफल भएको उपभोक्ताहरु बताउँछन् ।


जनता भ्वाइस 








