images
images

धादिङ्गमा फेला परेको शवको ठेगाना कटारी खुलेपनि कटारीमा आफन्त भेटिएनन

जन्ताभ्वाईस सम्बाददाता
४ चैत्र ,बुधबार
कटारी / गएको असोज ५ गते धादिङ्गमा फेला परेको एकजनाको शवको कागजात हेर्दा ठेगाना उदयपुरको कटारी , ६ खुलेपनि कटारी ६ सो व्यक्तिका आफन्त फेला परेनन ।जिल्ला प्रहरी कार्यालय धादिङ्गले तत्काल उनको साथबाट प्राप्त कागजात अनुसार उदयपुरको कटारी ६ रिस्कू साविककको रिस्कु गाविस ९ ठेगाना खुलेको थियो ।
पदमबहादुर थापा मगरको छोरा ५४ वर्षिय प्रेमबहादुर थापा मगरको शव भेटिएको भन्दै असोज ६ गते नै जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खोजि गर्न धादिङ्ग प्रहरीले पत्राचार गरेको थियो ।सोही पत्र अनुसार ईलाका प्रहरी कार्यालय कटारीबाट खोजि गर्दा रिस्कूमा सो व्यक्ति भएको नपाईएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो ।
वडाका स्थानीय तथा जनप्रतिनिधिहरुसँग सोधखोज गर्दा समेत सो व्यक्ति तत्कालिन रिस्कु गाविस ९ र हालको कटारी ६ मा फेला नपरेको पनि डिएसपी क्षेत्रीले बताउनुभयो । आफन्त फेला नपरेपछी उक्त शव अहिले पनि काठमाडौंको टिचिङ्ग अस्पत्तालमा राखिएको छ । प्रहरी अनुसन्धान अनुसार थापा मगर धादिङ्ग क्षेत्रमा वेवारिसे रुपमा मागि हिंड्ने व्यक्ति भएको खुलेको पनि प्रहरीले जनाएको छ । अभैm पनि आफन्तको थप खोजि कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।