images
images

कटारी वडा नम्बर ४ को फुटबल वटा छनौट प्रतियोगितामा मुनाल बी विजयी

जन्ताभ्वाईस सम्बाददाता
२ चैत्र , सोमबार , २०७७

कटारी /उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ को वडा छनौट फुटबल प्रतियोगितामा मुनाल बी टिम विजयी भएको छ । आज भएको फाईनलमा चिम्टाघारी फुटबल टिमलाई १ का विरुद्ध ४ गोल गर्दै मुनालले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पारेको हो ।
उपविजेता चिम्टाघारीले नगद १० हजारका साथमा «फी , मेडल र प्रमाण पत्र हातमा चित्त वुझायो । फाईनलमा मुनालका लागि सञ्जय तामाङ्गले २ , अमन सदाले १ र सल्मान कार्कीले १ गोल गरे । चिम्टाघारीले खेलमा पाएको पेनाल्टीको अवसरलाई गोलमा वदल्न विश्राम मगरले एक गोल गरेका थिए ।
वडाका ८ टिमले प्रतिष्पर्धा गरेको प्रतियोगिता आज सकिएको प्रतियोगिताका संयोजक मनोज दनुवारले बताउनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई आगामी ७ गतेदेखि कटारीमा साथी समूहको आयोजना र नगरपालिकाको सहयोगमा हुने मेयर कप फुटबलका लागि तयारी प्रशिक्षण गराईने पनि संयोजक दनुवारले बताउनुभयो ।
पुरस्कृतहरुलाई प्रमुख अतिथि वडा सदस्य हृदय तामाङ्गले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडी संञ्जय तामाङ्ग र उत्कृष्ट गोल रक्षक नितेश राई घोषित भए । आजको खेलमा म्यान अफ द म्याच पनि मुनालका संञ्जय तामाङ्ग नै घोषित भए ।वडा कार्यालयको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।