images
images

त्रिवेणी माविमा मनोपरामर्श कार्यक्रम सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
२८ फागुन , शुक्रबार , २०७७

कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ स्थित त्रिवेणी माविमा आज विद्यार्थीसँग मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ । कटारी नगरपालिकाको शिक्षा शाखाको आयोजनामा विद्यार्थीहरुलाई कोरोनाका कारण पुगेको असर न्युनिकरणका सम्बन्धि परामर्श दिईएको थियो ।
नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता गंगा कार्कीका अनुसार कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारीले लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक परामर्श दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा सामाजिक संञ्जालको दुरुपयोग र यसका असर लगायतका विषयमा परामर्श दिईदै आएको छ । नगरको ५ विद्यालयमा आसपासका विद्यालयका विद्यार्थीहरु सहित गरी कार्यक्रम आयोजना भईरहेको छ । हालसम्म ४ स्थान विद्यायलमा कार्यक्रम सम्पन्न भईसकेको छ ।