जन्ताभ्वाईस सम्बाददाता
२८ फागुन , शुक्रबार
कटारी ,(उदयपुर) / उदयपुरको ताप्ली गाउँपालिकाका ४ घरपरिवार आगलागी पिडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाले प्रतिपरिवार ३० किलो चामल , २० किलो चिउरा , झुल एक थान , हाते सोलार एक थान , ब्ल्याङ्केट १ थान लगायत त्रिपाल भाँडाकुँडा र सरसरफाई सामाग्री पिडितलाई वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष उद्धबसिंथ थापाले आगालागी भएको घटनास्थलमै गएर पिडितहरुलाई राहत वितरण गरेका थिए ।
गत बुधबार दिउँसो गाउँपालिकाको वडा नं २ लेखगाउँका ३ घरमा आगलागी भएको थियो । आगलागीबाट बेद बहादुर मगरको घरबाट सल्किएको आगोले ३ घरका साथै मतान र गोठ जलेर नष्ट भएको थियो ।आगलागीबाट बेद बहादुरको दुई वटा घर, कागजात, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ भने जंग बहादर मगरको एउटा घर जलेको छ ।
त्यस्तै युवराज मगरको गाई र बाख्रा गोठ दुई वटा र एउटा मतान जलेर नष्ट भएको थियो । त्यसैगरी सोही दिन ताप्लीकै वडा नं वडा नं ५ रुपाटार बिजुवाका पञ्च बहादुर नेपालीको घरमा पनि आगलागी भएको थियो । बुधबार दिउँसो घरमा ७ वर्षिय छोरीले आगो खेलाउने क्रममा मतानमा राखिएको घासबाट सल्किएको आगोले नेपालीको दुई तले घर र मतान जलेर पूर्ण रुपमा नष्ट भएको थियो । मतानमा रहेका २१ वटा बाख्रा मध्ये २० वटा बाख्रा जलेर मरेका थिए ।


जनता भ्वाइस 








