images
images

गिजिङ्ग चौरमा मन्दीर निर्माणमा सहयोग गर्नेलाई सम्मान

जन्ताभ्वाईस सम्बाददाता
२७ फागुन,बिबिार २०७७

कटारी /उदयपुरको कटारी नगरपालिका १० स्थित नवनिर्मित शिवालय मन्दीर संरक्षण समितिले निर्माणमा सहयोग पुराउने सहयोगीहरुलाई शिवरात्रीको अवसर पारेर सम्मान गरेको छ । गिजिङ्ग चौर शिवालय मन्दीर निर्माणमा सहयोग पुराउनेहरुलाई समितिका अध्यक्ष क्षेत्रबहादुर खड्काको सभापतित्व र वडाध्यक्ष लिलानाथ भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
कटारी नगरपालिकाको ६ लाख , जनश्रमदान ५१ हजार गिजिङ्गचौर सत्सङ्ग महिला समूहको २६ हजार ५ सय ७४ सहयोगमा मन्दीर निर्माण भएको हो । त्यसैगरी समितिले एक कार्यविधि निर्माण गरी कार्यविधि अनुसार सहयोगीहरुलाई सम्मान गरेको समितिका सचिव धर्म खनालले बताउनुभयो । मन्दीर निर्माण सँगै मन्दीरलाई थप व्यवस्थापन गर्न सहयोगीहरुबाट २ लाख ५७ हजार २ सय ७४ रकम पनि प्राप्त भएको सचिव खनालले बताउनुभयो ।
सहयोगीहरुलाई सम्मान गर्दै वडाध्यक्ष भट्टराईले मन्दीर व्यवस्थापनलाई वडा र नगरको सहयोग निरन्तर रहने बताउनुभयो । त्यसैगरी सहयोगीहरुलाई धन्यवाद दिंदै समितिका अध्यक्ष खड्काले आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गर्नुभयो ।