जन्ताभ्वाईस सम्बाददाता
२७ फागुन ,बिहिबार , २०७७
कटारी/ आज महाशिव रात्री पर्वको अवसरमा उदयपुरको कटारी ३ ताराघारी स्थित महादेव गुफामा भक्तजनहरुले पुजा आराधना गरेका छन् । आज शिवरात्रीको अवसरमा कटारी आसपासका २ हजार बढी दर्शनार्थीहरु गुफा पुगेको गुफा व्यवस्थापन समितिका सदस्य तथा स्वयंसेवक संयोजक देव ढुंगेलले बताउनुभयो ।
गतसाल कोरोना संक्रमणका कारण चहलपहल कम भएको गुफामा यस शिवरात्रीदेखि फेरी दर्शनार्थीहरुको आउजाउ बढेको हो । गुफामा उदयपुरको कटारीका अलावा सिन्धुलीको दुधौली नगरपालिका क्षेत्रबाट पनि दर्शनार्थीहरु आएका थिए । महादेव गुफामा पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहिआएको छ ।