images
images

दुधौलीमा पनि महिला दिवस मनाईयो

जन्ताभ्वाईस सम्बाददाता
२४ फागुन ,सोमबार

दुधौली /सिन्धुलीको दुधौलीमा पनि १११ औं अन्तर्राष्ट्रिय महिला दिवस अन्र्तकृया कार्यक्रम गरी मनाईएको छ । दुधौली नगरपालिकाका उपमेयर बालकुमारी अधिकारीको सभापतित्वमा एक अन्र्तकृया कार्यक्रमको आयोजना गरी दुधौलीमा दिवस मनाईएको हो । कार्यक्रममा वोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम विष्टले नगरभित्र ८ हजार बालिकाहरु अध्ययनरत रहेको बताउँदै उनीहरुको समस्या पत्ता लगाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
महिलाहरुसँग सहि दिमाग भरिएको ट्याँक्की जस्तै भएको उहाँले बताउनुभयो ।कार्यक्रममा उपमेयर अधिकारीले महिलाले आप्mनो सुरक्षाका लागि कराँते जस्ता खेलकुद पनि सिक्न आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा ह्याण्ड्स नेपाल का अध्यक्ष बाशुदेव अधिकारी , सहकार्य नेपालका प्रतिनिधि शशी पाण्डे , वडा नम्बर २ सहकारी प्रतिनिधि रुक्मेणी साप्कोटाले लगायतको आथित्यता रहेको थियो ।