जन्ताभ्वाईस सम्बाददाता
२४ फागुन ,सोमबार
कटारी / उदयपुरको कटारीमा पनि आज १११ औं अन्र्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाईएको छ । कटारी नगरपालिकाको आयोजनामा कटारी स्थित त्रिवेणी माविमा अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । महिलाको सुरक्षा , सम्मान र रोजगार ,समृद्ध नेपालको आधार भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरीएको हो ।
त्यसैगरी कटारी नगरपालिका वडा नम्बर ९ मा पनि एक कार्यक्रम गरी १११ औ महिला दिवस मनाईएको छ ।कार्यक्रमको अवसरमा १० जना जेष्ठ नागरिक महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । नगरस्तरीय महिला संञ्जालका अध्यक्ष मिना कोईरालाको सभापतित्व र वडाध्यक्ष वेगबहादुर आलेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
समृद्ध रास्ट्र निमार्णमा महिलाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । कार्यक्रमको अवसरमा नाटक प्रदर्शन , कविता वाचना समेत गरिएको थियो । महिलाहरुको सशक्तिकरणका लागि ग्रामिण भेगमा समेत महिला सम्बन्धि कार्यक्रमको आवश्यकता ठानेर लिम्पाटारमा कार्यक्रमको आयोजना गरिएको संञ्जालले जनाएको छ ।