जन्ताभ्वाईस सम्बाददाता
फागुन २३ ,आईतबार
कटारी / उदयपुर उद्योग वाणिज्य संघ कटारी उदयपुरले संघको १६ औं साधारण सभा आगामी वैशाख १८ गते गर्ने भएको छ । संघको हिजो वसेको कार्यसमितिको वैठकले संघको साधारणसभाको मिति तय गरेको हो । संघले नयाँ नेतृत्वका लागि भने जेठ १ गते निर्वाचन गर्ने भएको छ । त्यसैगरी सदस्यहरुलाई नवीकरण तथा नयाँ दर्ताका लागि वैशाख १७ गतेसम्मको मिति तय गरेको पनि संघले जनाएको छ । संघका अध्यक्ष पुष्कर खड्काले संघको हिजोको वैठकको निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।


जनता भ्वाइस 








