images
images

समावेशी एफ एमका रेडियोकर्मीहरु सम्मानित

जन्ताभ्वाईस सम्बाददाता
२३ फागुन , आईतबार

कटारी / कटारी बजारमा अबस्थित समाबेशी एफएम ९२.३ मेघाहर्जमा आवद्ध सम्पुर्ण सन्चारकर्मीलाई सहारा मिडिया ग्रुप कटारी उदयपुर ले एक कार्यक्रम बिच सम्मान गरेको छ।उक्त सम्मान कार्यक्रम हर्देनी स्थित सरस्वती माबीको प्राङ्गणमा सम्पन्न भएको थियो।स्कुलको प्राध्यानाध्यापक नवीन कार्कीको प्रमुख आतिथ्यामा सम्पन्न उक्त सम्मान कार्यक्रममा रेडियो मा आवद्ध २० जना सन्चारकर्मी सम्मानित भएका थिए।सहारा मिडिया ग्रुपमा आवद्ध रबिन ढुंगाना,कबिता नेपाली,स्वस्तिका नेपाली ,लक्ष्मी मगर लगायतले कार्यक्रम आयोजना गरेका थिए।
रेडियोको माध्यमबाट श्रोताहरु को मन जित्न सफल,सबैको मन मनमा बस्न सफल भएका कारण सबै रेडियोकर्मीलाई सम्मन गरिएको मिडिया ग्रुपका रबिन ढुंगाना ले बताए।प्रमुख अतिथी नवीन कार्कीले रेडियो अझै पनि हाम्रो कुना काप्चामा नसुनिने साथै रेडियोको माध्यम बाट कृषि,शिक्षा लगायतका कार्यक्रम ल्याउन सुझाब दिनु भयो।साथै उक्त कार्यक्रममा गायक शिव थापा मगर पनि सम्मानित हुनुभएको थियो।गायक थापाले आफ्नो आधा दर्जन गित गायर आएका दर्शकलाइ नचाएका थिए।कार्यक्रममा समाबेशी एफएमका स्टेशन म्यानेजर सन्जु राउतले यो सम्मानले अझ जिम्मेवारी थप भएको बताउनु भयो।सबै गुनासो,सल्लाहलाई आत्मसाथ गरि अझ प्रभाबकारी कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।