
जन्ताभ्वाईस सम्बाददाता
२१ फागुन ,शुक्रबार
कटारी / उदयपुरको कटारीमा नगर मेयर कप फुटबल प्रतियोगिता सहभागिताका लागि यहि फागुन २९ गतेसम्ममा टिम दर्ता गर्न साथी समूह कटारीले सम्पूर्ण वडालाई पत्राचार गरेको छ । समूहको आयोजना र कटारी नगरपालिकाको सहयोगमा आगामी चैत्र ७ गतेदेखि कटारीमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको विजेता टिमले लाभकर सहित नगद ७६ हजार २ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेता टिमले लाभकर सहित नगद ३८ हजार ७ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्र हात पार्नेछ ।
त्यसैगरी उत्कृष्ट खेलाडी , उत्कृष्ट गोल रक्षक , सर्वोत्कृष्ट गोलकर्ता , र एकजना उदियमान खेलाडीलाई नगद २ हजारका साथमा प्रमाण पत्र र मेडल प्रदान गरिनेछ । सम्बन्धित वडाका खेलाडीहरुको नाम वडा कार्यालयले सिफारिस गरिपठाउनु पर्ने पनि साथी समूहले जनाएको छ ।