जन्ताभ्वाईस सम्बाददाता
२१ फागुन , शुक्रबार
कटारी /उदयपुरको कटारी ५ मा लागुऔषध नियन्त्रण सम्बन्धि सडक नाटक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।समग्र ५ नम्बर वडा युनियनको आयोजनामा वडाको भवरीदेवी आधारभूत विद्यालयको परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका बारेमा जानकारी दिंदै युनियनका सल्लाहाकार रामसिंह राईले समाजमा लागुऔषध दुव्र्यसनीका कारण आपराधिक कृयाकलापहरु बढिरहेका वेला युवाहरुको पहलमा समुदायमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी सहायक निरिक्षक सुवास थापाले लागु औषध नियन्त्रण सम्बन्धि गरिरहेको प्रयासका बारेमा प्रष्ट पार्दै सबैलाई लागुऔषध नियन्त्रणका लागि प्रहरीलाई समेत साथ र सहयोग गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार खुलाल मगरको सभापतित्व र जेष्ठ वडासदस्य गिन्तीमाया ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य हेमा विश्वकर्माले युवाहरुको कार्य सराहनिय भएको भन्दै लागु औषध नियन्त्रणका लागि राज्यले पनि प्रभावकारी नीति निर्माण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा युनियनका कलाकारहरुले नाटक मार्पmत लागुऔषध दुव्र्यसनी कसरी पैmलिरहेको छ नियन्त्रण सम्बन्धि प्रस्तुती दिएका थिए । कलाकारहरुले गायन , नृत्य मार्पmत भरपुर मनोरञ्जन समेत दिलाएका थिए ।कार्यक्रमलाई वडाका अन्य विद्यालयहरुमा पनि आयोजना गर्ने युनियनका संयोजक सुरज विश्कर्माले बताउनुभयो ।


जनता भ्वाइस 







