images
images

दोस्रो प्रदेश स्तरीय मेयर कप आमन्त्रित मार्सल आर्ट खेल महोत्सव हुने

जन्ताभ्वाईस सम्बाददाता
२० फागुन , बिहिबार

कटारी /उदयपुरको कटारीमा आगामी चैत्र ५ देखि १३ गतेसम्म दोस्रो कटारी मेयर कप आमन्त्रित मार्सल आर्ट खेल महोत्सव हुने भएको छ । आज कटारीमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिका अध्यक्ष दिपक ब्लोन तामाङ्गले महोत्सवमा प्रदेश १ र तेक्वान्दो तर्पm प्रदेश २ बाट समेत प्रतियोगीहरुले सहभागिता जनाउने बताउनुभयो ।
प्रतियोगितामा १सय ६४ मेडलका लागि १५ टिमका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने पनि पत्रकार सम्मेलन मार्पmत जानकारी गराईएको छ ।पहिलो प्रतियोगिता चैत्रको ५ देखि ७ सम्म गराँस तेक्वान्दो डोजाङ्गको आयोजनामा १५ स्वर्ण पदक ,रजत तर्पm १५ र कास्य तर्पm ३० मेडलका लागि प्रतिष्पर्धा हुनेछ ।
त्यसैगरी तेक्वान्दोमा २० देखि २५ टिमले सहभागीता जनाउनेछन् । त्यसैगरी तेक्वान्दोमा ३ सयको हाराहारीमा खेलाडी र रेफ्रीहरु कटारीमा प्रतिष्पर्धाका लागि आउनेछन् । चैत्रको ८ देखि १० सम्म सितोरियो कराते तर्पmको प्रतिष्पर्धा हुनेछ । त्यसमा स्वर्ण ११ , रजत ११ र २२ कास्यका लागि प्रतिष्पर्धा हुनेछ ।
१५ टिम सहभागी प्रष्पिर्धामा २ सय २५ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । त्यसैगरी ११ देखि १३ सम्म उज्यालो कटारी उसुको आयोजनामा स्वर्ण १५ , कास्य १५ र रजत ३० पदकका लागि ३ सय बढी खेलाडीले प्रतिष्पर्धा गनेछन् ।१४ देखि १८ प्रदेशभरीका टिमले प्रतिष्पर्धा गर्नेछन् । तेक्वान्दो तर्पm ५ लाख ३४ हजार , सितोरियोको लागि ३ लाख २५ हजार , उसुको ५ लाख ९९ हजार गरी जम्मा नगरपालिकाले १३ लाख नगद सहयोग गर्ने पनि पत्रकार सम्मेलन मार्पmत जानकारी गराईएको छ ।
प्रतियोगिताका लागि प्रथम टिमले १० हजार दित्तिय टिमले ७ र तृतीय खेलाडीले ५ हजार उत्कृष्ट पुरुष र उत्कृष्ट महिला खेलाडीलाई तीन तीन हजार पाउनेछन् । प्रतियोगितामा सहभागीहरुलाई खान वस्न आयोजकले व्यवस्था गर्नेछ । निर्णायकहरुलाई खाने वस्ने आउने जाने आयोजकले व्यवस्था गर्नेछ ।
महोत्सवले समग्र देश लगायत राष्ट्रिय अन्र्तराष्ट्रिय जगतमा चिनाउन सहयोग पुग्ने पनि अध्यक्ष तामाङ्गले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । खेलाडीहरुलाई उनिहरुको क्षमता मापन गर्न सक्ने पनि आशा लिईएको छ । स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ कटारी नगरपालिकाको सहयोगमा दोस्रो मार्सल आर्ट खेलकुद महोत्सव कटारीमा आयोजना गर्न लागिएको हो ।