images
images

बोर्डिङ्गका विद्यार्थीलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम

जन्ताभ्वाईस सम्बाददाता
२० फागुन , बिहिबार

कटारी /उदयपुरको कटारी स्थित नीजि विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध न्युनिकरण तथा यसले पार्ने असर र यसको नियन्त्रण सम्बन्धि जनचेतना दिईएको छ । ईलाका प्रहरी कार्यालय कटारी उदयपुरको आयोजनामा हिजो जनचेतना दिईएको हो । उदयपुर उद्योग वाणिज्य संघको हलमा हिजो प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगत जनचेतना दिईएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी हेमन्त भण्डारी क्षेत्रीले सहभागी ६५ विद्यार्थीहरुलाई लागुऔषधले जीबनमा पार्ने असर र यसको नियन्त्रणका बारेमा चेतनामुलक शन्देशहरु जानकारी गराउनुभएको थियो । कार्यक्रमका कटारीका प्रभात ,सगरमाथा , प्mयुचर , मोदरल्याण्ड बोर्डिङ्ग स्कूलका विद्यार्थीहरु सहभागी भएका थिए । कार्यालयले लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन कार्यक्रमहरु गर्दै आईरहेको छ ।