१९ फागुन
विश्व वन्यजन्तु दिवसको अवसरमा कटारीमा वन्यजन्तु संरक्षण सचेतना कार्यक्रम गरि मनाइएको छ । डिभिजन वन कार्यालय त्रीवेणी उदयपुर र प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वन्यजन्तु संरक्षणमा केन्दित रहेर आज संरक्षण ¥याली तथा अन्तक्रिया कार्यक्रम भएको हो ।
“वन जिविकोपार्जन,पृथ्वीमा दिगो जीवनको आधार भन्ने नारा सहित सुरु भएको कार्यक्रमको विभिन्न वन्यजन्तु संरक्षण संग सम्बन्धित नारा सहितको प्ले कार्ड लिएर कटारी बजारमा र्याली गरिएको डिभिजन बन कार्यालय त्रीवेणीका प्रमुख फडिन्द्र पोखरेलले बताउनु भयो । यसै गरी र्याली पछि गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले बढ्दो वन्यजन्तु व्यापार रोक्न, संकटमा परेका ठुला बिराला (बाघ, हिउँ चितुवा, चितुवा) लगाएत वन्यजन्तु संरक्षण गरि पर्यवरणीय सन्तुलन कायम गर्न सवै पक्ष लाग्नु पर्ने बताउनु भयो ।
चोरी सिकार र अवैध व्यापार वन्यजन्तु संरक्षणमा चुनौती रहेको र विकास संगै हुने वन्यजन्तुको बासस्थान विनासले पनि वन्यजन्तु संकटमा पर्दै गएको पोखरेलको भनाई थियो । मानवीय र प्राकृतिक कारण संकटमा पर्दै गएका वन्यजन्तुको संरक्षणमा नागरिकले हातेमालो गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीका विद्यार्थी लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।