images
images

लिम्पाटारमा मगर एकता दिवश धुमधामका साथ मनाईयो

जन्ताभ्वाईस सम्बाददाता
१६, फागुन , आईतबार

कटारी /उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटारमा शनिबार ३९ औं मगर एकता दिवश धुमधामका साथ मनाईएको छ । दिवशको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ ९ नम्बर वडा कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । लोकबहादुर मगरको अध्यक्षता र नेपाल मगर संघ प्रदेश १ का अध्यक्ष तेजकुमार आले मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । वडाध्यक्षम वेगबहादुर आले मगर लगायतले दिवशको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गायक शिव थापा मगरले आप्mनो हुर्रा प्रस्तुति दिंदै सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए ।