images
images

कटारी , ८ बाट जर्बजस्ती करणी आरोपमा एक पक्राउ

जन्ताभ्वाईस सम्बाददाता
१५ फागुन ,शनिबार

कटारी/ जर्वजस्ती करणी गरेको आरोपमा उदयपुरको कटारी , ८ का एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार पक्राउ पर्नेमा अन्दाजी २० वर्षिय टिकाराम थापा मगर रहेका छन् । उनलाई १५ वर्षिय वालिकालाई जर्वजस्ति करणी गरी गर्भवती बनाएको आरोप रहेको छ । पिडितको जाहेरीका आधारमा मगरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो । पिडित वालिकाको ३२ हप्ताको गर्भ समेत रहेको बताईएको छ ।