images
images

जनप्रेमी माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
१५ फागुन ,शनिबार
कटारी/ उदयपुरको कटारी ७ स्थित जनप्रेमी माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन राउतको सभापतित्व र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख मेयर श्रेष्ठले विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेकोले आवश्यक सहयोग नगरले गर्ने बताउनुभयो । वार्षिकोत्सवको अवसरमा पूर्व विद्यार्थी प्रदिप ढुंगाको संयोजकत्वमा १५ सदस्यिय पूर्व विद्यार्थी समाजको गठन समेत गरिएको छ ।त्यसैगरी २०६३ /६४ र ६५ का विद्यार्थीहरुले विद्यालयलाई पंखा १० थान डेस्क बेन्च र दराजकुर्सी समेत सहयोग गरेका थिए ।