जन्ताभ्वाईस सम्बाददाता
१२ ,फागुन ,बुधबार
कटारी / उदयपुरको कटारी नगरपालिकाको सहयोगमा कटारी २ मा च्या“ख्ला तथा पिठो उत्पादन सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ । न्यु त्रिवेणी महिला बहुउद्येश्यिय सहकारी संस्थाको आयोजनामा सम्पन्न तालिममा वडाका २५ जनाले सहभागिता जनाएका थिए । जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत तालिमको आयोजना गरिएको हो ।तालिमको समापन गर्दै नगरपालिकाका उपमेयर भिमकुमारी राउतले गाउँघरका महिलाहरुलाई गाउँघरकै उत्पादनलाई प्रवद्धृन गरेर आर्थिक उपार्जन गर्न सहयोग पुगोस भन्ने उद्येश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।


जनता भ्वाइस 








