images
images

कटारी नगरपालिकाले शव बाहन खरिद गर्ने

जन्ताभ्वाईस सम्बाददाता
१२ फागुन , बुधबार

कटारी /उदयपुरको कटारी नगरपालिकाले शव वाहन खरिद गर्ने भएको छ । नगरमा शव बाहन नहुँदा समस्या हुने गरेको भन्दै यहि आर्थिक वर्ष भित्रमा शव वाहन खरिद गर्ने तयारी गरिरहेको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
शव वाहन नहुँदा कटारी अस्पत्तालबाट शव व्यवस्थान गर्न नगरपालिकाको ट्याक्टर प्रयोग गर्नु पर्ने बाध्यता छ । शव व्यवस्थापनमा ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता भएकाले तत्कालै शव वाहन खरिद गर्ने तयारी भईरहेको नगरपालिकाका उपमेयर भिमकुमारी राउतले बताउनुभयो । आवश्यक प्रकृया सम्पन्न गरी निकट भविष्यमै शववाहन खरिद गर्ने पनि उपमेयर राउतले बताउनुभयो ।