जन्ताभ्वाईस सम्बाददाता
६ फागुन , बिहिबार
दुधौली/ सिन्धुलीको दुधौली नगरपालिकामा सम्पन्न नगर स्तरीय मेयर कप फुटबलको उपाधि वडा नम्बर ८ ले कब्जा गरेको छ । आज सम्पन्न फाईनलमा वडा नम्बर १ लाई १ का विरुद्ध २ गोल गर्दै वडा नम्बर ८ विजेता बनेको हो ।
विजयी भएसँगै वडा नम्बर ८ ले नगद ५० हजार हात पारेको छ । त्यसैगरी उपविजेताले नगद ३० हजारमा चित्त बुझाएको छ । विजेता दुवै टिमलाई शिल्ड , मेडल र प्रमाण पत्र समेत वितरण गरिएको थियो । विजेता टिमलाई नगरपालिकाका प्रमुख मेयर घनश्याम राउतले पुरस्कार वितरण गर्नुभयो ।
आजको फाईनलमा वडा नम्बर ८ का खगेन्द्र पोख्रेल र एन्जल ठकुरीले गोल गरेका थिए ।वडा नम्बर १ का लागि समिर धामीले सान्वना गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक पुष्कल खड्का वडा नम्बर ८ , उत्कृष्ट खेलाडी समिर धामी वडा नम्बर १ , सर्वोत्कृष्ट गोलकर्ता निरकुमार श्रेष्ठ वडा नम्बर १ घोषित भए ।प्रतियोगिता समापनसँगै ३० जना खेलाडीको नगरस्तरिय खेलाडी टिम समेत छनौट गरिएको छ । प्रतियोगितामा नगरका १४ वडाका टिमले प्रतिष्पर्धा गरेका थिए ।


जनता भ्वाइस 








