images
images

कटारी अस्पत्तालमा मेयर सहित जनप्रतिनिधि ,कर्मचारी , लगायत १ सय २९ले खोप लगाए

जन्ताभ्वाईस सम्बाददाता
फागुन ६ , बिहिबार
कटारी /गएको आईतबारदेखि जारी दोस्रो चरणको खोप अभियान अन्र्तगत कटारी अस्पत्तालबाट आज अन्तिम दिन ४ बजेसम्ममा १ सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । आज कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भिमकुमारी राउत , प्रमुख प्रशासकिय अधिकृत अमरप्रसाद भट्ट लगायतका जनप्रतिनिधिहरुले खोप लगाएका थिए ।मेयर श्रेष्ठले यस अघि कोरोना संक्रमणलाई समेत जित्नुभएको थियो । दोस्रो चरणमा कटारीका जनप्रतिनिधि , विभिन्न कार्यालयका कर्मचारी , सुरक्षाकर्मी संञ्चारकर्मीले कोरोना विरुद्धको खोप लगाएको कटारी अस्पत्तालले जनाएको छ ।