images
images

उपमेयरद्वारा अस्पत्ताललाई एम्बुलेन्स हस्तान्तरण

उपमेयरद्वारा अस्पत्ताललाई एम्बुलेन्स हस्तान्तरण

जन्ताभ्वाईस सम्बाददाता
३ फागुन , सोमबार

कटारी / उदयपुरको कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतले आप्mनो लागि महंगो गाडी चढ्ने बजेटबाट एम्बुलेन्स खरिद गरेर कटारी अस्पत्ताललाई हस्तान्तरण गर्नुभएको छ । आज अस्पत्ताल परिसरमा एक कार्यक्रमकाबीच उपमेयर राउतले कटारी अस्पत्ताललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
अस्पत्तालका मेडिकल सुपरीडेन्टेड राजकुमार गजमेरलाई एम्बुलेन्सको चाबी हस्तान्तरण र एम्बुलेन्स सेवाको उदघाटन गर्दै उपमेयर राउतले उपचार पाउन नसकेका नगरवासीहरुलाई सहज रुपमा उपचारमा पुराउन एम्बुलेन्स सेवा प्रदान गर्नका लागि एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेको बताउनुभयो । आफु महंगो गाडीमा सवार गर्नुभन्दा गरिब जनतालाई सहज मुल्यमा सेवा दिन एम्बुलेन्स प्रदान गरेको पनि उपमेयर राउतले बताउनुभयो ।

४० लाख पर्ने महिन्द्राको फोरविल एम्बुलेन्स राजश्व छुट गरी १२ लाखमा खरिद गरिएको हो । कार्यक्रममा एम्बुलेन्स ग्रहण गर्दै अस्पत्तालका सुपरीडेन्टेड गजमेरले यो महत्वपूर्ण सेवाको कार्यका लागि नगरपालिकालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नगरपालिका प्रवक्ता कृष्णराज दनुवारले नगरपालिकाले नगरका जनताका लागि महत्वपूर्ण कार्य सफल गरेको बताउनुभयो । आफुले चढ्ने सवारी खरिदको बजेट जनताका लागि एम्बुलेन्स खरिद गर्नुभएका उपमेयरले भने दैनिक नगरपालिकाको कार्यका लागि पुरानो नगरपालिकाको सवारी प्रयोग गर्दै आउनुभएको छ ।