जन्ताभ्वाईस सम्बाददाता
१ फागुन , शनिबार
दुधौली / नेपाल तामाङ घेदुङ नगर कार्यासमिती सिन्धुली दुधौलीको आयोजनामा २८५७ औं सोनाम ल्होछार आज दुधौलीमा पनि धुमधामका साथ मनाईएको छ। नेपाल तामाङ घेदुङ केन्द्रिय समितिका पूर्व सल्लाहकार कुमार ब्लोन तामाङको प्रमुख आतिथ्य तथा तामाङ घेदुङ दुधौली नगर समितिको अध्यक्ष मोतिलाल बलको सभापतित्वमा कार्याक्रम गरी ल्होछार मनाईएको हो ।
बिशेश अतिथिमा दुधौली नगरपालिका उपमेयर बालकुमारी अधिकारी , नेपाल तमाङ घेदुङ सिन्धुलीका पूर्व जिल्ला अध्यक्ष नेकपा नेता सूर्य पाख्रीन नगाएत नगरका जनप्रतिनिधि विभिन्न जातीय संघस्ंस्थाका प्रतिनिधि , पार्टीको प्रतिनिधि तथा स्थानीय कलाकार र स्थानीयहरुको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय कालाकार सोनाम बैजु , प्रकाश तामाङ लगाएत स्थानीय कलाकारका साथै छिमेकी जिल्ला उदयपुरका कलाकार हरुले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।


जनता भ्वाइस 








