images
images

कटारीमा फिटनेस प्रतियोगिता पुरुष तर्फ लक्ष्मण र महिला तर्फ सोनिया प्रथम

जन्ताभ्वाईस सम्बाददाता
१ फागुन , शनिबार
कटारी / कटारीमा पहिलो पटक खुल्ला फिटनेस प्रतियोगिता २०७७ सम्पन्न भएको छ । आज नेपाल विद्यार्थी संघ (नेविसंघ)र युथ अफ कटारीको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ लक्ष्मण मगर प्रथम , प्रज्वल विक दोस्रो र कुमार मगर तेस्रो भए । त्यसैगरी महिला तर्फ सोनिया प्रथम , एलिसा दोस्रो र युविनाले तेस्रो स्थान हासिल गरिन ।
प्रतियोगिताका प्रमुख अतिथि प्रशिक्षक सुकदेव कार्कीले स्वास्थ्य सँगै सर्वाङिगण विकासका लागि व्यायाम आवश्यक रहेको बताउनुभयो । त्यसैगरी कटारीमा व्यायामको क्रेज बढ्दै गएकोमा निशुल्क व्यायाम कक्षाको स्थापनाका लागि पहल गर्न यहाँका सरोकारवालाहरुसँग आग्रह गर्नुभयो ।
कार्यक्रममै विशेष अतिथि वुद्धिजिव धिरेन्द्र कोईरालाले १७६० तिरको औद्योगिक क्रान्तिपछि मानिसहरु अल्छे हुँदै गएकाले व्यायामको महत्व वढ्दै गएको बताउनुभयो । व्यायामले सकारात्मक सोचको विकास गर्ने भएकाले लागुऔषध प्रयोगमा कमी र सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार खत्रीले पनि समाजका लागि युवा पुस्तामा व्यायामको आवश्यकता रहेको बताउनुभयो ।कटारी स्थित विभिन्न उद्योग व्यवसायीहरुको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै नेविसंघका केन्द्रिय सदस्य मिरा कटुवालले कार्यक्रम सम्पन्न गर्न सहयोग पुराउने सवैलाई धन्यवाद दिनुभयो । त्यसैगरी आगामी दिनमा थप कार्यक्रमहरु ल्याउने पनि बताउनुभयो ।