images
images

पुष्कर खड्का व्यापार महासंघको व्यापार मेला समिति आमन्त्रित सदस्यमा मनोनित

जन्ताभ्वाईस सम्बाददाता
२२ माघ , बिहिबार

कटारी/उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्कालाई नेपाल उद्योग वाणिज्य महासंघले व्यापार मेला समितिको विशिष्ट आमन्त्रित सदयमा मनोनित गरेको छ ।समितिको बुधबार हिजो सम्पन्न वैठकले खड्कालाई विशिष्ट आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।
महासंघलाई सशक्त रुप्मा अगाडी बढाउने कार्यमा महत्वपूर्ण योगदान पुराउने विश्वासका साथ मनोनित गरिएको महासंघले जनाएको छ । महासंघका कार्यकारिणी सदस्य नरेन्द्रकुमार खड्काको सभापतित्वमा वसेको वैठकले खड्कालाई मनोनित गरेको हो ।