images
images

कटारीमा निःशुल्क आँखा तथा कान परीक्षण शिविर

उदयपुर । उदयपुरको कटारीमा आँखा तथा कानको एक दिने निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ ।न्यु समाजसेवी विकास क्लब बेलसोत,इलाका प्रहरी कार्यालय कटारी, नेपाल नेत्र ज्योती संघ सगरमाथा,तथा चौधरी आँखा अस्पताल लहानको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
आज कटारी वार्ड नम्बर १ मा रहेको कालीखोला माविमा एक कार्यक्रमका विच सुरु गरिएको शिविरका प्रमु्ख अतिथि अन्ठानब्बे बर्षिय जेष्ठ नागरिक जय बहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने उहाँकै आखाँ जाच गरेर शिविर सुरु गरिएको थियो ।
शिविरमा कानको ५५ जना र आँखाको १ सय ८१ गरी जम्मा २ सय ३६ जना स्थानियले आँखा तथा कान परीक्षण गराएका थिए । जसमा १८ जनाको मोतीविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएको थियो । उनीहरुलाई निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
शिविरमा उदयपुर उधोग बाणिज्य संघ कटारी, कसमस सिमेन्ट,सिद्धिचरण मल्टिप्रपोज,मारुती सिमेन्ट,जयश्री मल्टिप्रपोज लगाएतको सहयोग रहेको थियो । शिविरमा आएका सेवाग्राहिहरु पनि गाँउमै आँखा तथा कान जाँच गराउन पाएकोमा हर्षित भएका छन् ।