जन्ताभ्वाईस सम्बाददाता
१७ पुष , शुक्रबार
कटारी/ उदयपुरको कटारी नगरपालिका , ४ स्थित बसपार्क नजिकैको ढलमा आज नवजात शिशुको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार नवजात शिशु छोरी रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको पनि डिएसपी क्षेत्रीले बताउनुभयो । ढलनालामा रहेको फोहोरसँगै शव फेला परेको हो ।