
जन्ताभ्वाईस सम्बाददाता
१६ पुष , बिहिबार
कटारी / राष्ट्रिय राजनीतिको गर्मागर्मि बढेसँगै प्रदेश सरकार कसको रहने भन्ने बिषय यतिबेला चोटिलो बन्दै गएको छ । प्रतिनिधिसभा पुर्नःगठनसँगै सात वटै प्रदेश सरकारमा देखिएको राजनीति तरङका विच नेताहरु जोडघटाउमा जुटेका हुन् । यसविचमा प्रदेश नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड‒माधव नेपाल समुहले सरकारमाथि अविश्वासको प्रस्ताव दर्ज गरिसकेको अवश्थामा त्यसको सामान गर्न केपी ओली पंक्षधरका नेताहरुको दौडधुप बढेको छ ।
मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव सानदार सामना गर्ने उद्घोष गरेको केहि दिनमै प्रचण्ड–माधव नेपाल समुह र कतैपनि नरहेका संसदहरु धमाधम खुल्न थालेका छन् । तीन दिन अघि प्रचण्ड–माधव नेपाल समुहबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुर निर्वाचन क्षेत्र २ प्रदेश (ख) का सांसद कला घलेले हस्ताक्षर फिर्ता लिएकी छन् ।
बुधबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद घलले अविश्वासको प्रस्ताव फिर्ता लिई मुख्यमन्त्री राईलाई सघाउने उद्घोष गरेकी हुन् । उनले भनिन्, ‘देश र जनताको हितका लागि तत्कालिन परिवेशमा अविश्वासको प्रस्ताव उपयुक्त नभएको र ताजा जनादेश नै सर्वोतम विधी हो । उनले प्रचण्ड–माधव नेपाल समुहले आफुलाई साधाकागजमा सहि गर्न लगाएर त्यसको दुरुपयोग गरेकोसमेत आरोप लगाईन् ।
भनिन्, ‘मलाई साधाकागजमा सहि गर्न लगाए, पार्टीको नेताको विश्वासमा सहि गरिदिए, अन्ततः अविश्वासको प्रस्तावमा त्यसको दुरुपयोग गरिएछ, जसको म कडा शब्दमा भत्सर्ना गर्दछु । आन्दोलनरत पंक्षलाई इङित गर्दै उनले भनिन् ‘आन्दोलन छोडेर ताजा जनादेशका लागि निर्वाचनमा सहभागि हुनुको विकल्प छैन् । ओली पंक्षबाट केन्द्रिय सदस्यसमेत रहेकी सांसद घलेले यसअघि पार्टीले आयोजना गरेको केन्द्रिय सदस्यको सपथग्रहण कार्यक्रममा आफु अस्वस्थ रहेकाकारण सहभागि हुन नसकेको बताईन् ।
कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ठकुरी, माधव पंक्षिय भनेर चिनिएका महिला नेतृ अनेमसंघका केन्द्रिय सदस्य तथा पार्टी सचिवालय सदस्य गिता रेग्मी, महेश्वरी राई, मन्दिप राई लगायतका नेताको उपस्थिति रहेको थियो । उदयपुरमा नेपाल समुहकोरुपमा चिनिएका पुर्व नेकपा एमालेका जिल्ला सचिव परमेश्वर घिमिरेले ओली समुहको नेतृत्व लिएका छन् भने ओली पंक्षिय नेताकोरुपमा चिनिएका कुशलबाबु बस्नेतले सचिवको जिम्वेवारी पाएका छन् ।